उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता आज

40

काठमाडौं, कात्तिक १३–
दोस्रो उपराष्ट्रपति पदका लागि आज शुक्रबार उम्मेदवारी दर्ता गरिने भएको छ । बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको व्यवस्थापिका संसद सचिवालयले जनाएको छ । उपराष्ट्रपतिका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट अमियकुमार यादव उम्मेदवार छन् भने सत्तारुढ दलले अहिले सम्म उम्मेदवारको नाम तय गरेका छैनन् । संघिय गणतन्त्र नेपालको संविधानमा राष्ट्रपतिमा महिला भए उपराष्ट्रपतिमा पुरुष हुने र त्यो पनि फरक फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ । उम्मेद्वारी दर्ता भएपछि दिउँसो साढे एक बजे उम्मेदवारको वर्णानुक्रम अनुसारको नामावली प्रकाशन गरिनेछ ।

images

दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोध, साढे २ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । शनिबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा गोप्य मतदान गरिनेछ । राष्ट्रको दोस्रो उच्च मर्यादाक्रममा रहेको उपराष्ट्रपतिको निर्वाचनसँगै महत्वपूर्ण पदमा निर्वाचनको क्रम सम्पन्न हुनेछ । शनिबार अपरान्ह साढे २ बजेदेखि मतगणना गरिने र साँझ ५ बजे बस्ने व्यवस्थापिका संसदको बैठकमा सभामुखबाट उपराष्ट्रपतिको मत परिणामसँगै निर्वाचित भएको घोषणा हुनेछ ।

Womui
Womui