उपराष्ट्रपतिका विषयमा सत्तारुढ दलभित्र किचलो

54

काठमाडौं, कात्तिक १३–
उपराष्ट्रपति उम्मेदवार छनोटका विषयमा सत्तारुढ तथा सत्ता समर्थित दलहरु बीच विवाद उत्पन्न भएको छ । उम्मेदवार छनोटका विषयमा सहमती जुटाउन बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठक विना निष्कर्ष टुंगिएको छ । उपराष्ट्रपतिमा एकिकृत नेकपा माओबादीले पुर्व जनसेना नन्दकिशोर पुन पासाङको नाम अगाडी ल्याइरहदाँ अन्य दलले असहमती जनाएका छन् । प्रमुख सत्तारुढ दल नेकपा एमालेका नेता माधवकुमार नेपालले ठूलो पार्टी एमाले भएको भन्दै उपराष्ट्रपति आफुहरुले पाउनु पर्ने बताउँदै आएका छन् । एकिकृत माओवादीलाई उपराष्ट्रपति दिन नसकिने नेता नेपालको जिकिर छ ।

एकिकृत माओवादी नेताहरुले भने उपराष्ट्रपति आफ्नो दलले पाउने सहमति पहिले नै भएको भन्दै सहमती तोडिए नराम्रो हुने चेतावनी दिएको छ । एमाले नेताहरुले उपराष्ट्रपति तराई मधेसबाट हुनुपर्ने अडान राखेका छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि उपराष्ट्रपतिमा आफ्नो पार्टीको दाबी प्रस्तुत गर्दै विभिन्न नाम पेश गरेका छन् । माले महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी लगायतले सबै ठूला दलले लिन नहुने भन्दै साना दलहरुले पाउनु पर्ने माग राखेका छन् । व्यवस्थापिका संसदमा शुक्रबार आज उपराष्ट्रपति पदका लागि मनोनयन पत्र दर्ता गर्ने कार्य तालिका छ ।

Womui
Womui