दुई सवारी साधनमा आगजनी

50

महोत्तरी, कात्तिक १३

मधेसी मोर्चाकाा कार्यकर्ताले महोत्तरीको सोनमा र सर्लाहीको गौरीशङ्करमा दुई सवारी साधनमा आगजनी गरेका छन् । भारतीय बजारबाट मोटरसाइकलमा ३०० लिटर पेट्रोलियम पदार्थ बोकेर ल्याउँदै गरेको अवस्थामा सोनमा बजारमा नम्बर खुल्न नसकेको मोटरसाइकलमा मोर्चाका कार्यकर्ताले आगजनी गरेका हुन् भने भारतीय बजारबाट चारवटा ड्रममा डिजेल ल्याउँदै गरेको अवस्थामा गौरीशङकर-९ श्रीनगर र सागरनाथ जङ्गलबीचमा रहेको ज१त६१८५ नम्बरको ट्याक्टरमा आगजनी गरेका छन् ।

अनिश्चितकालीन आमहड्तालको समयमा पेट्रोलियम पदार्थ आयात गरेको भन्दै उक्त पेट्रोलियम पदार्थ नष्ट गरिएको मोर्चाका कार्यकर्ताले जनाए भने सवारी साधनमा आगजनी गर्ने कार्यमा संलग्नको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दियो ।

Womui
Womui