चिसोले भूकम्पपीडितको बिचल्ली

84

बनेपा, कात्तिक १३–
गोरखा, स्वाँरा–९ का मैते गुरुङको टहरामा छाएको त्रिपाल बुधबार राति मुसलधारे वर्षातपछिको हावाहुरीले उडायो । उनी ढुंगाले त्रिपाल च्यापेर रातभर जाग्राम बसे । ‘छोराछोरीको चिन्ताले रातभर निद्रा लागेन,’ ५० वर्षीय गुरुङले भने । बिहीबार दिनभर पनि पानी परेकाले गुरुङको टहराभित्रै पानीको आहाल बनेको छ । ‘टहरामा पानी पसेको छ, लगाउने दुई सरो लुगा बाहेक केही छैन,’ उनले भने, ‘अरू सामान घर ढल्दा पुरियो ।’ गुरुङ दम्पती, उनीहरूका चार छोरी र दुई छोरालाई अहिले सकस छ । बुधबार रातिदेखिको लगातार वर्षाले गुरुङ परिवारलाई जस्तै गोरखाका भूकम्प पीडितलाई सकस दिएको छ । लगातारको झरीले चिसो बढेपछि भूकम्पको केन्द्रबिन्दु बारपाक, लाप्राकका पीडितले बाक्लो लुगा लगाउन थालेका छन् । vukampa

खाना पकाउन र बिहान–बेलुकी छाक टार्न धौधौ बनेको पीडितले बताएका छन् । ‘झरीले दाउरा भिजेकाले आगो सल्काउनै मुश्किल छ,’ ताप्ले–५ का जुम्मदिन मियाले भने, ‘टहरामा राखेको अन्नपात चिसोले भिजेको छ ।’ बारपाक–४, ढुल्सिङका मनकुमारी गुरुङको आधा जस्ता र आधा त्रिपालले ढाकेर बनाएको टहरोभित्र झरीले जलाम्य बनाएको छ । टहरा बेरेको जस्तामा पानी परेर आवाज निस्कँदा सातमहिने छोरा चुकबहादुर झस्किने गरेको उनले बताइन् । ‘चिसो लेकको ठाउँ, त्यसमा पनि जस्तामुनि पानी र शीतको जाडोले मार्ने भो,’ मनकुमारीले भनिन् । उनको परिवारमा श्रीमान, ७ महिनादेखि १४ वर्ष उमेरका ६ छोरा छन् । उनीहरू सबै भुइँमा ओछ्याइएको फल्याकमाथि सुत्छन् । ‘झरीले सबै भएको ठाउँ भिज्यो, दिनभर पनि पानी परेको छ, बालबच्चा कसरी जोगाउनु,’ उनले दुखेसो पोखिन् । भूकम्पले बारपाक, लाप्राक, गुम्दा उहीया, केरौंजा, मान्बु कासिगाउँ लगायतका उत्तरी दुर्गम गाविसमा निकै क्षति पु¥याएको थियो । यी गाउँ हिमाली भेगमा पर्छन् । जाडोमा हिउँ पर्ने यी ठाउँमा लगातारको झरीले चिसो बढेको छ । अन्य समयमा पनि जाडोका बेला घर बाहिर निस्कन कठिन हुन्छ । ‘जाडो सिजनका लागि दाउरा, बाक्लो लुगा, ओढ्ने–ओछ्याउने व्यवस्था सकेजति सबैले गर्थे,’ स्थानीय राज गुरुङले भने, ’भूकम्पले सबै घर भत्किएपछि अहिले जाडो थेग्ने उपाय छैन ।’

घर भत्कँदा लत्ताकपडा, अन्नपात पुरिएका थिए । भूकम्प पीडितका लागि काम गर्न जिल्ला आएका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले अहिले पनि बाक्ला लुगा वितरण गरिरहेका छन् । तर पीडित सबैले नपाएको गुनासो आउन छाडेको छैन । लगातारको झरीले किसानले भिœयाउने बेला भएको धान पानीले डुबाएको छ । भूकम्पको पीडाले थलिएका किसानलाई वर्षभरि खाने अन्न थन्क्याउन नपाउँदा झनै चिन्ता बढेको छ । ‘४० मुरी धान हुने खेतमा पाँजा काटेको थिएँ, पानीले पूरै डुबाएको छ,’ सौरपानी–१, फुन्चोकबेसीका चोलानाथ पनेरूले भने । आजको नागरिकमा खबर छ ।

Womui
Womui