सत्तारुढ दलले मोर्चाका माग सम्बोधन गर्न लचकता अपनाउने

47

काठमाडौं, कात्तिक १२–
उच्चस्तरीय राजनीतिक समन्वय समितिले मधेसी मोर्चाका माग सम्बोधन गर्न लचकता अपनाउने निर्णय गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकमा मोर्चा लगायतका दलसँग निर्णायक वार्ता गरेर समस्या टुंग्याउन चलकताकासाथ प्रस्तुत हुने निर्णय गरेको हो । बैठकमा मुख्य रूपमा तराइका जिल्लामा जारी आन्दोलनलाइ वार्ताको माध्यमद्वारा नै निष्कर्षमा पुर्याउने र त्यसका लागि मधेसी मोर्चाले राखेका पूर्वशसर्तका विषयमा लिखित प्रितबद्धता जनाउन सकिने गरी छलफल भएको नेताहरुले बताएका छन् । आन्दोलरन पक्षसँगको वार्तालाइ निष्कर्षमा पुर्याउने, इन्धन आपूर्तिलाई सहज पार्ने लगायतका विषयमा बैठकमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।pm niwas

‘आन्दोलनरत पक्षसँगको वार्तालाई निश्कर्ष दिने, इन्धन आपूर्ति सहज पार्न कसरी अघि बढ्ने र समसामयिक अन्य राजनीतिक बिषयमा बैठक केन्द्रत भयो,’ दाहालले भने । बैठकमा सहभागी सबै सदस्यहरूको धारणा सुन्ने र के गर्दा उपयुक्त हुन्छ भन्नेबारे बैठकमा छलफल भएको उनले बताए । सरकारी वार्ता टोलिलाई आन्दोलनरत पक्षहरूसँग वार्तामा कसरी प्रस्तुत हुने र सरकारतर्फका अडानहरूका बारेमा साझा धारणा तय गर्न बैठक बोलाएको बताइएको छ ।

Womui
Womui