जमुनाहामा नाकाबन्दीको प्रतिकार, नेपालतिर ढुंगा प्रहार

68

नेपालगन्ज, कात्तिक १२–
जमुनाहा नाकामा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई नाकाबन्दीको प्रतिहारमा उत्रिएका सर्वसाधारणले भारततिर लखेटेका छन् । भारतीय भूमि रुपैडिहामा पुगेका मोर्चाका कार्यकर्ताले त्यहाँबाट ढुंगा प्रहार समेत गरेका छन् । मोर्चाको केन्द्रिय निर्णय अनुसार आन्दोलनकारीहरु बिहानदेखि दसगजा क्षेत्रमा धर्नामा बसेका थिए । धर्नाका कारण आवत जावत बन्द भएपछि ठुलो संख्याका युवा जमुनाहा पुगि उनीहरुलाई लखेटेको प्रहरीले जनाएको छ ।

दसगजा क्षेत्रमा तैनान प्रहरी ।
दसगजा क्षेत्रमा तैनान प्रहरी ।

युवाहरुले प्रतिकार गर्दै लखेटेपछि मधेसी मोर्चाले भारतीय भूमिबाट त्यहाँबाट ढुंगा हानेको र यताबाट पनि युवाहरुले प्रतिवाद गरेको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । दोहोरो ढुंगा हानाहान हुदाँ रुपैडिहा नाका केहीबेर तनावग्रस्त बनेको थियो । त्यसक्रममा प्रहरीले मोर्चाका बाँके संयोजक विजय गुप्ता, राजेश मिश्र लगायत ५ जनालाई पक्राउ गरेको थियो । इप्रका जमुनाहा इन्चार्ज प्रहरी नायव निरिक्षक विष्णु गिरीले धर्नामा बसेका मधेसी मोर्चा र प्रतिकारमा उत्रिएका युवाहरु बीच दोहोरो ढुंगा हानाहान भएको जानकारी दिए । प्रतिकारमा उत्रिएका युवाहरु अहिले पनि जमुनाहा क्षेत्रमा परिचालित भएका छन् ।qqq

‘युवाहरुको समुहले प्रतिकार गरेपछि मोर्चाका कार्यकर्ताले भारतीय भूमिबाट ढुंगा हानेका हुन, त्यसपछि यताबाट पनि युवाहरुले फर्काए,’ गिरीले भने । मोर्चाले भारतीय भूमि प्रयोग गरी नेपाल तर्फ ढुंगा हानेको धेरै बेरपछि मात्र भारतीय सुरक्षाकर्मीले आन्दोलनकारीलाई लखेटे जस्तो गरेको थियो । मोर्चाका कार्यकर्ताले रुपैडिहामा किनमेलका लागि पुगेका नेपाली नम्वर प्लेटका मोटरसाईकलमाथि ढुंगा प्रहार गरेका छन् । प्रहरीका अनुसार मोर्चाका कार्यकर्ताले सिमापारी पुगेको भे२ प ५८५३ नम्वरको मोटरसाईकललाई पल्टाइदिएका हुन् । आन्दोलनकारी मोर्चाका कार्यकर्ता अहिले पनि भारतीय भूमिमै बसेका छन् । भारतीय सुरक्षाकर्मीले उनीहरुलाई संरक्षण दिएको नेपाली सुरक्षाकर्मीको गुनासो छ ।

Womui
Womui