मदन भण्डारी फाउण्डेशनभित्रको विवाद छताछुल्ल

93

नेपालगन्ज, कात्तिक १२–
सत्तारुढ नेकपा एमाले निकट मदन भण्डारी फाउण्डेशन बाँकेभित्र बढेको विवाद छताछुल्ल भएको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली समुहले सुर्य ढकालको अध्यक्षतामा फाउण्डेशन बाँकेको कार्यसमिति हालै चयन गरेको थियो । नयाँ कार्यसमितिलाई माधव नेपाल समुहले भने अवैधानिक रहेको जिकिर गर्दै आएको छ । अघिल्लो कार्यसमिति अध्यक्ष निरक गुरुङ र सचिव प्रमोद धिताल लगायतले नयाँ कार्यसमिति चयन प्रक्रिया अवैधानिक रहेको जिकिर गरेका हुन् ।

समिति बैधानिक भएको दावी सहित ओली समुहले नेपालगन्जमा गरेको पत्रकार सम्मेलन ।
समिति बैधानिक भएको दावी सहित ओली समुहले नेपालगन्जमा गरेको पत्रकार सम्मेलन ।

मदन भण्डारी फाउण्डेशनको लेटर प्याडमा विज्ञप्ती प्रकाशित गर्दै गुरुङ र धितालले अध्यारो कोठामा बसेर गठन फाउण्डेशनको कार्य समिति विधान विपरित पुर्नगठन गरिएको दाबी गरेका छन् । ‘यस संस्थाको नामबाट कसैले आर्थिक लगायत अन्य दुरुपयोग गर्न सक्ने हुनाले अन्य अनाधिकृत व्यक्तिसँग आर्थिक लगायत कुनै कार्य नगर्न सम्वद्ध सबैमा अनुरोध गर्दछौ,’ विज्ञप्तीमा भनिएको छ । फाउण्डेशनको विधान त निरक गुरुङ अध्यक्ष भएको कार्यसमिति नै वैधानिक र आधिकारिक भएको जारी विज्ञप्तीमा उल्लेख छ । यस्तै नव गठित अध्यक्ष ढकाल सहित फाउण्डेशनका कार्यसमिति पदाधिकारीले नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै बैठकका निर्णय सार्वजनिक गरेका छन् । मदन भण्डारीका विचारलाई आम जनताको बिचमा र अन्र्तराष्ट्रिय क्षेत्रमा लैजान जवजको विकास र रषाको लागि निरन्तर पैरवी गर्ने, कोहलपुरमा रहेको क्रिकेट मैदानलाई मदन भण्डारी अन्र्तराष्ट्रिय क्रिकेट मैदान नामाकरण गरेर बजेटको व्यवस्था गरी निर्माण कार्य सुचारु गर्न सरकारसँग माग गर्ने लगायत निर्णय सार्वजनिक गरिएको हो ।
आगामी कात्तिक १७ गते जिल्लामा रहेका खेलाडीहरुको जिल्ला स्तरिय भेला कोहलपुरमा गरिने, कात्तिक १४ गते देखि पुस ७ गते सम्ममा आउने गरी कम्तिमा १९ सय र बढीमा ३ हजार शब्द रहने गरी ‘नेपाली समाज र जनताको वहुदलिय जनवाद’ विषयक खुला निवन्ध प्रतियोगिता आयोजना गर्ने बताइएको छ । फाउण्डेशनका अध्यक्ष ढकालले आफ्नो कार्यसमितिलाई अध्यक्ष केपी ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीको साथ र समर्थन रहेको भन्दै वैधानिक भएको जिकिर गरे ।

Womui
Womui