निवर्तमान राष्ट्रपतिलाई शीतलनिवासबाट बिदाईको तयारी

111

काठमाडौं, कात्तिक १२–
निवर्तमान राष्ट्रपति डा. रामवरण यादव बिहीबार ललितपुरको बागडोलमा सर्ने तयारी गरेका छन् । बागडोलमा एक भाडाको घरमा उनी सर्न लागेका हुन् । व्यवस्थापिका संसद्बाट बुधबार दोस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी निवार्चित भएपछि यादवले शीतलनिवास छाड्न लागेका हुन् । सरकारले निर्वतमान राष्ट्रपति यादवका लागि बसोबासको व्यवस्था मिलाएको हो । उनको निवासलाई नेपाली सेनाले थप आर्कषक बनाइदिएको छ ।dr yadav
नवनिवार्चित राष्ट्रपति भण्डारीको शपथग्रहण समारोहपछि सरकारले आयोजना गर्ने बिदाइ समारोह लगत्तै यादव बेलुका बागडोल सर्ने कार्यक्रम रहेको यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए । सरकारले बिहीबार दिउँसो राष्ट्रपति यादवको बिदाइमा एक समारोहको आयोजना गर्दैछ । शपथग्रहण समारोह सकिएको डेढ घन्टापछि सरकारले गर्ने भिन्नै समारोहमा राष्ट्रपति यादवको बिदाइ गरिनेछ । नेपाली काँग्रेसका तत्कालिन नेता यादव २०६५ साउन ६ गते गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

Womui
Womui