राष्ट्रपति भण्डारीले पद तथा गोपनियताको शपथ लिदै

48

काठमाडौं, कात्तिक–१२
नवनिवार्चित राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार आफ्नो पद तथा गोपनियताको शपथ लिने भएकी छिन् । व्यवस्थापिका संसदबाट बुधबार भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकी थिईन् ।

Bidhya

आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले भण्डारीलाई पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम छ । राष्ट्रपति कार्यालयले आफ्नै भवन परिसरमा आयोजना गर्ने समारोहमा शपथ ग्रहणको कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Womui
Womui