विद्या भण्डारी प्रथम महिला राष्ट्रपति

118

काठमाडौं, कात्तिक ११–
गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छिन् । बुधबार व्यवस्थापिका संसदमा भएको राष्ट्रपति निर्वाचनमा एमाले गठवन्धनकी भण्डारीले कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गर्दै पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । कुल मतदाता ५ सय ९७ मध्ये ५ सय ४९ मत खसेको थियो भने ४७ जना सांसद अनुपस्थित थिए भने एक जना निलम्बित छन् ।

bidhya

भण्डारीको पक्षमा ३ सय २७ र गुरूङको पक्षमा २ स १४ मत परेको छ । ८ मत बदर भयो । भण्डारी आफ्ना पति नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको मृत्युपछि राजनीतिमा पुनः सक्रिय भएकी हुन् । उनी हाल समानुपातिकबाट संसद छिन् । भण्डारीका २ छोरी छन्।

Womui
Womui