पक्राउ परेका १२ जुवाडेलाई अदालतबाट म्याद थप

27

नेपालगन्ज, कात्तिक ११–
कहाँ जुवा भइरहेको भन्दै खोजी गर्दै हिंडेको बाँके प्रहरीले बल्ल ठुलो जुवाखालमा छापा हान्न सफल भएको छ । प्रहरीको मध्यपश्चिम क्षेत्रिय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले नेपालगन्ज स्थित प्रकाश शाहको घरमा मंगलबार मध्यरातमा छापा हानेको थियो ।
शाहको घरमा जुवा खेलिरहेको भेटाउनलाई छापा हान्न खोज्दा पटक–पटक असफल भएको प्रहरीले मंगलबार राती हानेको छापा सफल भएको हो । उक्त छापाबाट प्रहरीले रंगेहात एक दर्जन जुवाडेलाई पक्राउ गर्नुका साथै लाखौं रकम जुवाखालबाट बरामद गरेको छ । शाहको घरमा यस अघि पटक–पटक छापा हान्न जाँदा ‘प्रहरी छापा हान्न आउँदै छ’भन्ने सुचना घुमुवा प्रहरीले चुहाइदिने हुनाले प्रहरीले हान्न खोजेको छापा असफल हुँदै आएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी भिम किरण बोगटीका अनुसार, प्रहरीले शाहको घरबाट जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ भने ८ लाख ९ रुपैयाँ बरामद गरेको छ । शाहको घरमा जुवा खेलिरहेको ठाँउमा सादा पोशाकका प्रहरीलाई नै पहिले जुवा खेल्न पठाएर छापा हानिएको प्रहरी स्रोतले बतायो । नगरका विभिन्न ठाउँमा अझैं पनि जुवा खेलाउने क्रम जारी
छ ।

Womui
Womui