७ लाख ९५ हजार रुपैयाँसहित १२ जुवाडे पक्राउ

35

नेपालगन्ज, कात्तिक ११

कोरियनपुरस्थित एक घरमा जुवा खेल्दै गरेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रकाश शाहको घरमा प्रहरीले छापा मारी जुवा खेल्दै गरेका रामजी यादव, रामबहादुर थापासहित अन्य १० जनालाई पक्राउ गरेको हो । प्रहरीले १२ जना जुबाडेबाट ७ लाख ९५ हजार रुपैयाँ बरामद गरेको छ। घरमा अवैध रूपमा जुवा खेलाएको अभियोगमा प्रहरीले घरधनी प्रकाश शाहलाई समेत पक्राउ गरेको बाँकेका प्रहरी नायव उपरीक्षक भीम किरण बोगटीले जानकारी दिए। प्रकाश शाहले हरेक चाडपर्बको बेला घरमै  जुवा खेलाउने गरेको स्थानीयले बताउँदै आएका छन्।

Womui
Womui