जमुनाहा नाकामा मोर्चाको धर्ना

40

नेपालगन्ज, कात्तिक ११-

आन्दोलनरत मधेसी मोर्चाले अहिले नेपालगन्जस्थित जमुनाहा नाकामा अवरोध सिर्जना गरेको छ । मोर्चाको अवरोधका कारण सिमा ओहोर दोहोर गर्ने सवारी साधन ठप्प भएका छन् । मोर्चाका कार्यकर्ताहरु दसगजामा बसेर अवरोध गरेपछि दुवै तर्फका सुरक्षाकर्मी परिचालित भएका छन् । मोर्चाका कार्यकताले दसगजामा बसेर ढुंगामुढा गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । मोर्चाका केही नेतालाई ईलाका प्रहरी कार्यालय जमुनाहाले नियन्त्रणमा लिएको बताइएको छ ।

Womui
Womui