बेलायत निवासी नेपाली पत्रकार मृत अस्थामा भेटिए

53

एजेन्सी(लन्डन), कात्तिक १०

Harimanकास्कीको घान्द्रुकमा जन्मिएर सन् २००६ मा हङकङ हुँदै बेलायत आएका नेपाली पत्रकार हरिमान गुरुङ बेलायतको हुक र बेजिङस्टोकबीच जंगलमा मृत अवस्थामा भेटिएका छन् । एभरेष्ट टाइम्स् साप्ताहिक पत्रिकाको अनलाइन संस्करणका फोटो पत्रकार गुरुङको मृत शरीर सोमबार दिउँसो हुक र बेजिङस्टोकबीच पर्ने जंगलमा भेटिएको थियो ।  पत्रकार गुरुङको मृत्युको कारण भने अझै खुलेको छैन । विगत ३ बर्षदेखि एभरेष्ट टाइम्स साप्ताहिकमा कार्यरत गुरुङ शनिबार अल्डरसटस्थित एम्पाएर हाउसमा प्रदर्शन भएको वडा नम्बर ६ चलचित्र हेरेर निस्केपछि बेपत्ता भएका थिए । आइतबार दिउँसोसम्म पनि सम्पर्कमा नआएपछि उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।श्रीमती सुनिता गुरुङ र दुई छोरीका साथ बेलायतको अल्डसटमा बसोबास गर्दै आएका गुरुङको कार बेजिङस्टक जाने बाटोमा शंकास्पद अवस्थामा फेला परेको थियो ।

Womui
Womui