बन्दको अवज्ञा गरेको भन्दै दुई मोटरसाइकलमा आगजनी

32

महोत्तरी,  कात्तिक १०

बन्दको अवज्ञा गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले मंगलबार बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा दुई मोटरसाइकलमा आगजनी गरेका
छन् । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य कृष्णशंकर साहका नेतृत्वमा प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्ताले भारततर्फबाट सामान बोकेर आएका ज१प७७२ नम्बर र नम्बर नखुलेको एउटा भारतीय मोटरसाइकलमा जलेश्वर महादेव मन्दिर अगाडि आगजनी गरेका हुन् ।

Womui
Womui