एमालेले १५ करोड रुपैयाँ असुलेको गोल्छाको खुलासा

35

विराटनगर, कात्तिक ९–
नेकपा एमालेका समानुपातिक सभासद राज्यलक्ष्मी गोल्छाले पार्टीका बिभिन्न नेता, युवा संघ र भुकम्पका नाममा १५ करोड रूपैयाँ भन्दा बढी रकम आफूसँग असुलिएको खुलासा गरेकी छन् । उनले व्यक्तिगत, सभासद् कोष र पारिश्रमिकबापत सबैको रकम मिलाएर अहिलेसम्म १५ करोड रूपैयाँ भन्दा बढी आफूसँग लगिसकेको बताइन् । प्रधानमन्त्री निर्वाचनको दिन अनुपस्थित हुँदा पार्टीले सभासदबाट राजिनामा गर्न दबाब दिइरहेको बेला गोल्छाले पार्टीका नेताहरुको नामै किटेर पैसा मागेको विवरण सार्वजनिक गरेकी हुन् । विराटनगरस्थित गोल्छा हाउसमा सोमबार पत्रकार सम्मेलन गर्दै सभासद गोल्छाले स्वास्थ्य उपचारका लागि नयाँदिल्ली पुगेकाले प्रंधानमन्त्री चुनावमा आफू सरिक हुन नसकेको स्पष्ट पारिन् ।

Womui
Womui