कर्णालीमा र्‍याफटिङ पल्टिदाँ एकको मृत्यु

30

नेपालगन्ज, कात्तिक ९–

बर्दियास्थित कर्णाली नदीमा एक दर्जन यात्रु चढेको र्‍याफटिङ दुर्घटनामा परेको छ । कर्णाली पुलबाट छुटेको उक्त र्‍याफटिङ बर्दियाको पाताभार गाविसमा पर्ने सर्खल भटेरा भन्ने ठाउँमा कर्णाली नदीमा पल्टेको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक गोविन्दराम परियार अनुसार, १३ जना यात्रु सवार उक्त र्‍याफटिङ सोमबार दिउँसो ३ बजेतिर कर्णाली नदीमा पल्टेको थियो । एसपी परियारले र्‍याफटिङ दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना कर्णाली नदीमा वेपत्ता भएको बताए ।
Rafting
मृत्यु हुनेमा कैलाली लम्कीका ६० बर्षिय बलखिमा पाण्डे रहेका छन् । ८ जनालाई कैलाली प्रहरीले उद्धार गरेको र २ जनालाई बर्दिया प्रहरीले उद्धार गरेको एसपी परियारले जानकारी दिए । र्‍याफटिङमा सवार १३ जना नै कैलाली जिल्लाको लम्की निवासी हुन् । तिब्र गतीमा रहेको र्‍याफटिङ रुखमा ठाक्किएर दुर्घटना हुन पुगेको एसपी परियारले जानकारी दिए । वेपत्ताको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Womui
Womui