गुरुङ काँग्रेसको राष्ट्रपति उम्मेदवार बन्ने

84

काठमाडौं, कात्तिक ९–
नेपाली कांग्रेसले नेता कुलबहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सार्ने भएको छ । पार्टी सभापति सुशील कोइरालाले सोमबार बिहान गुरुङलाई टेलिफोन गरी राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका हुन् । kul

मंगलबार बिहान बस्ने पार्टी पदाधिकारी बैठकले अन्तिम निर्णय गर्न बाँकी रहेपनि कांग्रेसले गुरुङलाई नै अघि सार्ने कोइराला निकट स्रोतले बताएको छ । गुरुङले खवर राम्रो आएको बताउँदै सहयोग गर्न आग्रह गरे । आफु राष्ट्रपति उम्मेदवार बन्ने पक्का भइसकेको उनले बताएका छन् । यही कात्तिक ११ गते संसदमा राष्ट्रपतिको गोप्य मतदान हुने तालिका छ ।

Womui
Womui