विद्यालाई राष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय

27

प्रतिक्षा खड्का
काठमाडौं, कात्तिक ९–
नेकपा एमालेले राष्ट्रपति उम्मेदवारमा उपाध्यक्ष विद्या भण्डारीको नाम सर्वसम्मत रुपमा निर्णय गरेको छ । यसअघि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल राष्ट्रपतिका दावेदार थिए । तर, सोमबारको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्या भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका हुन् । सोमबार एमाले बैठकमा राष्ट्रपति उम्मेदवारमा विद्याका साथै झलनाथ खनाल र पूर्व सभामुख सुवास नेम्वाङको सन्दर्भमा पनि छलफल भएको थियो । Bidhya
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा सबै नेताहरु उपस्थित थिए । बैठकमा अध्यक्षबाटै उम्मेदवारको नाम प्रस्ताव होस भन्ने धारणा आएपछि ओलीले पार्टीको उपाध्यक्ष, महिला र समावेशिताका हिसाबले पनि विद्या भण्डारीलाई उम्मेदवार बनाउने प्रस्ताव राखेका थिए ।चर्चामा आएका बिभिन्न व्यक्तिका नाममा छलफल भए पनि हामीले सर्वसम्मत रुपमा विद्या भ ण्डारीको नाम पारित र्गयौं’ एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले भने । उनले अघि भने–‘राष्ट्रपति बनाउने कुरा प्रधानमन्त्री वा अन्य राजनीतिक नियुक्ति गर्ने जस्तो थिएन । त्यसैले हामीले धेरैनै सचेतनापूर्वक निर्णय गर्नुपर्थ्यो ।’ राष्ट्रपतिको उम्मेदवार तय गर्दा पार्टीमा सर्वसम्मति कायम भएको उनले बताए ।

Womui
Womui