नयाँ राष्ट्रपतिमा काँग्रेस र एमालेको दावी

54

काठमाडौं, कात्तिक ८–
नयाँ राष्ट्रपति चयनका विषयमा छलफल गर्न आइतबार बसेको सर्वदलिय बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री केपी ओलीले बोलाएको बैठकमा काँग्रेस र एमाले दुवैले आ–आफ्नै दावी गरेपछि बिना निष्कर्ष टुंगिएको हो । बैठकमा दुबै दलले आ–आफ्नो तर्फबाट उम्मेदवारी दिने अडान राखेका थिए ।

प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलिय बैठक ।
प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलिय बैठक ।

व्यवस्थापिका–संसद भवन नयाँ बानेश्वरमा सम्पन्न बैठकमा सहमतिका आधारमा राष्ट्रपतिको चयन हुन थप समय दिने वा प्रक्रियामा अघि बढ्ने भन्नेमा समेत नेताहरुबीच एकमत हुन सकेन् । संसद सचिवालयले सहमतिका आधारमा राष्ट्रपति चयनका लागि आइतबार सम्मको समय निर्धारण गरेको थियो । सहमति नभएमा कात्तिक ११ गते निर्वाचन हुने समय तय गरिएको छ ।

Womui
Womui