मधेसी मोर्चाका प्रारम्भिक माग पूरा गर्ने सहमति

38

काठमाडौं, कात्तिक ८–
आन्दोलनरत मधेसी मोर्चाका प्रारम्भिक माग पुरा गर्ने सहमती भएको छ । मधेसी मोर्चाको वार्ता टोलीसँग सरकारले आज गरेको वार्तामा यस्तो सहमती भएको हो । मोर्चाबाट प्रस्तुत पाँचवटा पूर्व सर्त पूरा गर्ने सहमति भएको छ । पाँच सर्त पुरा गर्ने कानुनि र व्यवहारिक आधार तयार पार्न कानुन मन्त्री अग्नी खरेललाइ जिम्मा दिने र उनको सहयोगका लागि मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतलाई जिम्मेवारी तोकिएको छ ।
आन्दोलनका क्रममा मृत्यु भएका सबैलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निशुल्क उपचार गर्नुपर्ने, दंगाग्रस्त क्षेत्र, निषेधित क्षेत्र र कर्फ्यु आदेश हट्नुपर्ने र आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्तालाई रिहाइ गर्नुपर्ने मोर्चाको सर्तहरू सरकारले पुरा गर्ने सहमति भएको वार्तामा सहभागी मोर्चाका नेता रामनरेश रायले जानकारी दिएका छन् । सरकारले मोर्चालाइ सकभर आन्दोलन फिर्ता लिन नभए खुकुलो बनाउन आग्रह गरेको तर मोर्चाले आन्दोलन जारी नै राख्ने बताएको थियो । अर्को चरणको वार्ता कात्तिक १२ गते बस्ने निर्णय भएको खरेलले बताए । संविधान घोषणा भएको एक महिना वितिसक्दा पनि पुर्वी तराईमा मधेसी मोर्चाले आन्दोलन जारी राखेको छ । आन्दोलनका कारण त्यस क्षेत्रको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।

Womui
Womui