प्रधानमन्त्रीको पत्रको जवाफ मोर्चाले नदिने

59

काठमाडौं, असोज ३०
आन्दोलनरत मधेसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको पत्रको जवाफ नदिने भएको छ । आन्दोलन स्थगित गरी वार्तामा आउन गरेको आग्रहलाई मोर्चाले परिणाममुखी वार्ता गर्न चाहेको बताएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार आन्दोलनरत पक्षलाई वार्तामा आउन पत्राचार गरेका थिए । मोर्चाले त्यस सम्बन्धी आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । मोर्चाले वार्ता र आन्दोलनसँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिदै आएको छ । करिब दुई महिनादेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमांकन लगायतका विषयमा असहमति राख्दै नाकाबन्दीलगायत आमहड्ता गर्दै आएका छन् ।

Womui
Womui