खोलाका क्रसर हटाउन माग

32

नेपालगन्ज, असोज ३०
कचनापुर गाविसका स्थानीयबासीले तत्काल क्रसर उद्योग हटाउन माग गरेका छन् । क्रसरका नाममा अव्यवस्थित कच्चा पदार्थ निकासी हुने गरेको बताउँदै स्थानीयबासीले यस्तो माग गरेका हुन् । जिल्ला विकास समितिले निश्चित ठाउँबाट कच्चा पदार्थ निकाल्न अनुमति दिएपनि ट्याक्टर व्यवसायीले जहाँ पायो त्यहाँबाट निकाल्ने गरेको कचनापुर–९ राजपुर निवासी डिल्ली ओलीले बताए । पहिलाको तुलनामा कच्चा पदार्थ निकासीमा कमी भएपनि आगामी दिनमा अप्ठारो अवस्था आउने सम्भावना रहेको ओलीले औल्याए । क्रसरको बाहनामा मुगुवा खोलाबाट अव्यवस्थित कच्चा पदार्थ निकासा भएको स्मरण गराउँदै कचनापुर–६ का बुद्विराम केसीले तत्काल क्रसर बन्द गर्नुपर्ने माग गरे । सबैको सकृयतामा कच्चा पदार्थको अव्यवस्थित निकासी कम भएको कचनापुर गाविस–६ का समाजसेवी भिमबहादुर रानाले बताए । नदिजन्य समस्या रहेको स्थानमा सचेतना कार्यक्रम गर्नुपर्ने रानाले सुझाव दिए ।

aa
समुदायमा रहेको गरिवी र समाजमा हुने द्वन्द्व र बेमेललाई कम गर्नका लागि ५० जना किसान संलग्न भइ सामूहिक कृषि खेती सुरु गरिएको रानाले जानकारी दिए । समुदायमा मुगुवा खोलाको गिट्टी कहिले खुल्छ भन्दै पर्खेर बस्ने तर वैकल्पिक आम्दानीको उपाय नखोज्ने प्रवृति रहेको रानाले बताए । समाजसेवी केशव पौडेलले भूक्षयको क्षतिपूर्ति गाविसले ५० प्रतिशत पाउनुपर्ने दावी गरे । मन्त्रालयबाट निर्णय भइ क्रसर बस्ने भन्ने सुनिएको बताउँदै समाजसेवी पौडेलले कचनापुरबासीलाई क्रसर आवश्यक नभएको बताए ।

Womui
Womui