भारतीय आयलले तत्काल इन्धन नदिने संकेत

39

काठमाडौं, असोज ३०
भारतीय आयल निगमले नेपाललाई पेट्रोलियम पदार्थको सहज आपुर्ति नदिने संकेत दिएको छ । भारतीय आयल निगमका अध्यक्ष बी अशोकले नेपाल आयल निगमका उच्च अधिकारीसँग नयाँदिल्लीमा हुने भनिएको पूर्वनिर्धारित भेटवार्ता अस्वीकार गरेपछि इन्धन नदिने संकेत देखिएको हो । नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भारतसँगको द्विपक्षीय आर्थिक मामिला हेर्ने सहसचिव ढुण्डीराज पोख्रेलका अनुसार नेपाल आयल निगमका कार्यवाहक निर्देशक मुकुन्दप्रसाद घिमिरेले भारतीय आयल निगमका अध्यक्षसँग शुक्रबार भेट्ने निश्चित भएको थियो । ‘तर बिनाकारण अध्यक्षसँगको भेटघाट रद्द भएको जबाफ दिइयो’, पोख्रेलले भने ।

images
घिमिरेलाई आईओसी पदाधिकारीले अध्यक्षसँग नभई भारतीय आयल निगमका प्रशासन हेर्ने डीजीएम सुनिल गर्गसँग अनौपचारिक वार्ता गराए । ‘हामीले अहिले इन्धन रोकिएका विषयमा आईओसीका अध्यक्षलाई भेटेर छलफल गर्न पाएनौं’, घिमिरेले भने । घिमिरेका अनुसार अनौपचारिक वार्ताका क्रममा आईओसीका डीजीएम गर्गले भारततर्फबाट इन्धन पठाउन कुनै समस्या नरहेको र नाकाबन्दी नरहेको दाबी गरे । आफ्नो अनुकुलको संविधान नबनेकोमा रुष्ट भएको भारतले नेपालमाथि तीन साता बढी समय सम्म नाकाबन्दी लगाएको हो । नयाँ सरकार गठनपछि केही नाका खोलेपनि अझैपनि इन्धन आपुर्ति असहज बनिरहेको छ ।

Womui
Womui