प्रधानमन्त्री ओली मोर्चासँग वार्ता गर्न तयार

46

काठमाडौं, असोज ३०
प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा आन्दोलनरत संयुक्त मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गरेका छन् । वार्तामा आउन ओलीले पत्राचार समेत गरिसकेका छन् । प्रधानमन्त्री ओलीले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्रप्रसाद यादवलगायतलाई पत्राचार गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । मन्त्रिपरिषदको बिहीबारको बैठकले यी दलसँग वार्ताको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको थियो ।

Womui
Womui