लोकतन्त्र स्थापित गर्न सफल भएको भट्टराईको दाबी

41

बिराटनगर, असोज ३०– 
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा अब नयाँ वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताएका छन् । आन्दोलनबाट यहाँसम्म आएका नेपाली कांग्रेस, एमाले र एमाओवादी पार्टीमा पुरानै समस्या दोहोरिएकाले अब नयाँ वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको जिकिर गरे । प्रमुख पार्टीहरु अपरादर्शिता, भ्रष्टाचार एवं दुराचारमा फसेको उनको आरोप छ । बिराटनगरमा शनिबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. भट्टराईले शुरुमा नेपाली कांग्रेस, त्यसपछि एमाले र अहिलेसम्म आइपुग्दा एमाओवादी पार्टीमा विचलन र विकृति देखापरेको बताए । Baburam1
नयाँ संविधान जारी गरी देशमा लोकतन्त्रलाई स्थापित गर्ने अभियानमा आफू सफल भएको तथा आफ्नो कार्यभार पूरा भएकाले अब नयाँ शक्ति निर्माणमा आफू लागिपरेको बताए । आफूले भनेको नयाँ शक्तिले राजनीतिक शुद्धीकरणका साथै देशको आर्थिक विकासलाई अघि बढाउने उनको जिकिर छ । महान चाड दसैंका बेलामा भारतले गरेको नाकाबन्दीले असहज परिस्थित निर्माण गरेको भन्दै भट्टराईले भारतको यो कदम अमानवीय भएको टिप्पणी गरे । सरकारले चाँडोभन्दा चाँडो मधेसको समस्या समाधान गर्नुपर्ने सुझाव दिए ।

Womui
Womui