कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारी दिएन

51

काठमाडौं, असोज २९–
नेपाली कांग्रेसले सभामुख र उपसभामुखको उम्मेदवारी नदिने निर्णय गरेको छ । महारगञ्जस्थित पार्टी सभापति सुशील कोइराला निवासमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले यी दुबै पदको उम्मेदवारी नदिने निर्णय गरेको हो । ब्यवस्थापिका संसदको शुक्रबार बस्न लागेको बैठकले यी दुबै पदको छनोट गर्दैछ । imgres

सत्तारुढ दलका एमाओवादीले सभामुखका लागि ओन्सारी घर्तीलाई उम्देवार बनाउने निर्णय गरेको छ, भने राप्रपा नेपालले गंगा प्रसाद यादवलाई उपसभामुखको उम्मेदवारी बनाउने निर्णय गरेको छ । पार्टीले सभामुख र उपसभामुख दुबै पदमा उम्मेदवारी नदिने निर्णय गरेको काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

Womui
Womui