दसैंका लागि खसी, बोका र च्यांग्राको बिक्री सुरु

192

काठमाडौं, असोज २९–
नेपाल खाद्य संस्थानले शुक्रबारबाट राजधानीमा खसीबोका र भेडा च्यांग्राको बिक्री वितरण सुरु गरेको छ । राजधानीको थापाथलिस्थित बाग्मती अञ्चल खाद्य गोदमबाट दिउँसोबाट बिक्री सुरु गरिएको हो । मनाङबाट ल्याईएको ७ सय च्याङ्ग्रा र हेटौंडामा खरिद भएका ५ सय जीउँदो खसीबोकाको बिक्री सुरु गर्न लागिएको हो । तराइका जिल्लमा जारी बन्द र भारतको अघोषित नाकाबन्दीका कारण लक्ष्य अनुरुप खसीबोका ल्याउन नसकिएको संस्थानका प्रवक्ता श्रमणिराज खनालले बताए । हेटौंडामा भने अझै खसीबोका खरिद भइरहेकाले अझ धेरै खसीबोका ल्याउने तयारी भएको छ ।
images
संस्थानले जिउँदा च्यांग्रा र खसीबोकाको मूल्य पनि निर्धारण गरेर सार्वजनिक गरेको छ । संस्थानसँग २५ किलोसम्मको जिउँदो खसी किन्दा प्रतिकिलो ४ सय ३५ रुपैयाँ पर्नेछ । यस्तै २५ किलो भन्दा माथिको जिउँदो खसीको मूल्य प्रतिकिलो ४ सय ४५ रुपैयाँ कायम गरिएको छ । यस्तै जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो ६ सय ३० रुपैयाँ कायम भएको प्रवक्ता खनालले प्रष्ट्याए ।

Womui
Womui