नागरिक दैनिकका पत्रकार ओली सम्मानित

110

नेपालगन्ज, असोज २९–
नागरिक दैनिकका पत्रकार अर्जुन ओलीलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ । विश्व खाद्य दिवसको अवसरमा खाद्य अधिकारको क्षेत्रमा कलम चलाए वापत योगदानको उच्च कदर गर्दै उनलाई सम्मान गरिएको हो । नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी जिल्ला खाद्य अधिकार सञ्जाल बाँके र पत्रकार महासंघका तर्फबाट सम्मान गरिएको हो ।

सम्मान गर्दैै प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक ।
सम्मान गर्दैै प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक ।

पत्रकार ओलीलाई कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले टिका लगाएर दोसल्ला ओढाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । सञ्जालले हरेक वर्ष खाद्य अधिकारको क्षेत्रमा कलम चलाउने जिल्लामा क्रियाशिल एक जना पत्रकारलाई सम्मान गर्दै आएको छ । फियान नेपालका कार्यक्रम अधिकृत देवराज खत्रीले खाद्य अधिकारका क्षेत्रमा कलम चलाएका क्रियाशिल पत्रकार ओलीलाई सम्मान गरेर थप हौसला प्रदान गरिएको बताए ।

सम्मानित पत्रकार अर्जुन ओली ।
सम्मानित पत्रकार अर्जुन ओली ।

Womui
Womui