गौरीफन्टा नाकाबाट २६ ट्याङ्कर तेल भित्रियो

33

धनगढी, असोज २७

भारतबाट गौरीफान्टा नाका हुँदै बुधबार २६ तेलका टयाङ्कर भित्रिएका छन् । भारतले नाकाबन्दी गरेर तेल दिनमा कटौती गरेकोमा मंगलबारदेखि मागेजतिको तेल दिन थालेको हो ।

दिनमा २/३ ट्याकङ्रभन्दा बढी तेल नआउने गौरीफान्टा नाकामा बुधबार सबैभन्दा बढी ४ लाख ७२ हजार लिटर तेल भित्रिएको हो । ग्यासका ४ बुलेट भित्रिएका छन् ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय प्रमुख शरद पौडेलले बुधवार २४ ट्याकङ्र डिजेल र २ ट्याकङ्र पेट्रोल आएको बताएका छन् । २० हजार लिटर क्षमताका १८ र १२ हजार लिटर क्षमताका ६ गरेर २४ ट्यांकर डिजेल भित्रिएको र २० हजार लिटर क्षमताका २ ट्याकङ्र पेट्रोल भित्रिएको बताए ।

सुदूरपश्चिममा औसत दिनमा ४० हजार पेट्रोल र ३ लाक लिटल डिजल खपत हुने गरेको छ । भारतले आवश्यक मात्रामा तेल दिनथालेपछि निर्धारण गरिएको तेलको कोटा प्रणाली हटाइएको छ ।

गौरिफान्टा नाकाबाट अन्य मालवाहक गाडी पनि नकावन्दी लगाउनु अघि जस्तै सहजरुपमा आउन थालेको त्रिनगर प्रहरी कार्यालयका इन्चार्ज जिवन गुरुङले बताएका छन । बुधबार करिव ४ दर्जन भन्दा बढी मालवाहक गाडी भित्रिएको उनले बताए । बुधबार नै ग्यासका ४ बुलेट भित्रिएको उनले बताए ।

Womui
Womui