ट्रकको ठक्करले पैदलयात्रीको मृत्यु

50

रत्ननगर (चितवन), असोज २७

चितवनको भरतपुरमा ट्रकको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ। पूर्वबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ८८८ नम्बरको मालवाहक ट्रकको ठक्करबाट भरतपुर–११ का ५० वर्षीय नन्दराम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

Womui
Womui