जोगबनी भन्सारदेखि ठूलो मात्रामा पेट्रोलियम पदार्थ भित्रिँदै

74

विराटनगर, असोज २६

भारतले गरेको अघोषित नाकाबन्दी खुकुलो भएपछि पेट्रोलियम पदार्थलगायत मालबाहक सवारी धमाधम भित्रिन थालेका छन्। आइतबार र सोमबार पूर्ण रुपमा ठप्प रहेको जोगबनी भन्सारमा मंगलबार बिहानै पेट्रोलियमका ट्याङकर भित्रिएका छन्। विराटनगर भन्सार कार्यालयका अनुसार मंगलबार विहान १२ वटा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर नेपाल आइसकेका छन्। अरू ५८ वटा ट्याङ्कर आउने क्रममा रहेको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी दिए। उनका अनुसार ग्यास बोकेका १५ वटा बुलेट पनि भित्रिएका छन्। अन्य सामग्री बोकेका ७० वटा गाडी पनि नेपाल छिरेका छन्। भारतबाट आइपुगेका बुलेट र ट्याङ्करलाई मंगलबारै नेपाल आयल निगमको विराटनगरस्थित क्षेत्रीय डिपोमा पुर्‍याउने प्रहरीले जनाएको छ।

Womui
Womui