हतियारधारी समूहद्वारा लाखौं लुटपाट

58

महोत्तरी, असोज २६

महोत्तरीको गौशालामा हतियारधारी समूहबाट लाखौँको लुटपाट भएको छ । गौशाला नगरपालिका–८ का मनोज साहको घरमा सोमबार राति हतियारधारीको समूहले पेस्तोल देखाई १० लाख रुपैयाँ बराबरको लुटपाट गरेको हो । घरको पछाडि बाँसको सहाराले घरभित्र पसेको सो समूहले पाँच लाख नेपाली, एक लाख भारु, एक थान मोबाइल, दुई तोला सुन, एक तोला चाँदी लुटपाट गरेको पीडित मनोज साहले बताए । समयमै प्रहरी घटनास्थलमा पुगेपछि थप लुटपाटबाट जोगिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए ।

Womui
Womui