मधेसी मोर्चाद्वारा आमहड्तालको कार्यक्रम फिर्ता

38

काठमाडौं, असोज २६

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आमहड्ताल र नाकाबन्दीका कार्यक्रममा फिर्ता गर्ने संकेत गरेको छ । नेपाली जनताको महान पर्व घरघरमा प्रवेश गरिसकेको अवस्थामा आमहड्ताल र नाकाबन्दीको कार्यक्रमले असर पर्नेभन्दै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रममा हेरफेर गर्ने तयारी गरेको हो । स्रोतका अनुसार मधेसी मोर्चाले सरकारविरुद्धको असयोग आन्दोलन जारी राख्ने निर्णय गर्दै नाकाबन्दी र आमहड्तालको कार्यक्रम फिर्ता लिने जनाइएको छ । यद्यपि यस विषयमा अन्तिम निर्णय भने भएको छैन । मधेसी मोर्चाले नाकाबन्दीको कार्यक्रममा संशोधन गरे पनि भन्सार नाका र राजश्व कार्यालय बन्दको कार्यक्रमलाई शान्तिपूण जनअवज्ञाका रुपमा अगाडि बढाउनेछ ।

Womui
Womui