प्रधानमन्त्री ओलीको सपथ आज

44

काठमाडौं, असोज २५–
नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीले आज सोमबार पद तथा गोपनियताको सपथ लिने भएका छन् । राष्ट्रपति डा. रामवरण यादवबाट दिउँसो १ बजे सपथ ग्रहण गर्न लागेका हुन् । राष्ट्रपतिबाट सपथ लिइसकेपछि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री र मन्त्रीमा क–कसलाई सपथ ग्रहण गराउँदैछन् भन्ने यतिबेला चासोको विषय बनेको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओली ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओली ।

स्रोतका अनुसार सरकारमा ओलीलाई सहयोग गरेका कमल थापा र विजय गच्छदार उपप्रधानमन्त्री बन्नेछन् । एकिकृत नेकपा माओवादीले पनि उपप्रधानमन्त्री पाउने भएको छ । राप्रपा नेपालका अध्यक्ष थापा परराष्ट्रसहित उपप्रधानमन्त्री बन्ने चर्चा छ, भने गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्ने चर्चा छ । एमाओवादीमा भने कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी दुईजना उपप्रधानमन्त्रीका दाबेदार छन् । एमाओवादीले उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय सम्हाल्ने चर्चा छ । एमाओवादीभित्र टोपबहादुर रायमाझी, कृष्ण महरा, हरिबोल गजुरेल, शक्ति बस्नेत र जनार्दन शर्मा सरकारको नेतृत्व सम्हाल्न आ–आफ्नो लबिङ गरिरहेका छन् ।
दोस्रो बरियताको उपप्रधानमन्त्री को बन्ने भन्ने विवाद पनि विगतमा हुने गरेको छ । केपी ओलीले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्री हुने गरी दोस्रो बरियताको प्रधानमन्त्री कसलाई बनाउलान् ? कमल थापा, विजय गच्छदार वा एमाओदीबाट ? यो पनि चासोको विषय छ । विगतमा सुशील कोइरालाले दोस्रो बरियताको उपप्रधानमन्त्री आफ्नै दलबाट प्रकाहमान सिंहलाई बनाउन खोजेका थिए । तर, एमालेको आपत्तिपछि बामदेव गौतम दोस्रो बरियताको उपप्रधानमन्त्री बनेका थिए । यसपालि ओलीले कार्यवाहक प्रधानमन्त्री आफ्नै दलमा राख्ने हो भने भीम रावललाई पनि उपप्रधानमन्त्री बनाउनुपर्ने हुन सक्छ । त्यस्तो हुँदा उपप्रधानमन्त्रीको संख्या चार पुग्न सक्छ ।
यसैबीच एमालेबाट तत्काल मन्त्रीको सपथ लिनेमा उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र प्रमुख सचेतक अग्नि खरेलको नाम चर्चामा छ । परराष्ट्र र गृह अन्य दललाई दिनुपर्ने भएपछि भीम रावलले लिने मन्त्रालय रक्षा वा अर्को कुनै हुन सक्ने अनुमान गरिएको छ । यद्यपि विगत केही वर्षयता रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफैं राख्ने परम्परा रहँदै आएको छ । अग्नि खरेलले कानून मन्त्रालय सम्हाल्ने सम्भावना रहेको बताइन्छ । विष्णु पौडेलको नाम अर्चमन्त्रीका रुपमा चर्चामा आएको छ ।

Womui
Womui