प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको सपथ लिए

59

काठमाडौं, असोज २५–
नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार दिउँसो शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष सपथ लिए । सपथको क्रममा राष्ट्रपतिले इश्वर र जनताको नाममा भनेपछि ओलीले देश र जनताको नाममा भन्दै सपथ लिएका हुन् ।

kp

सोही समारोहमा उपराष्ट्रपति परमानन्द झा, निवर्तमान प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवासचन्द्र नेम्बाङ, कायम मुकायम प्रधानन्यायाधीश गिरिशचन्द्र लाल, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, मुख्यसचिव, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, सभासदहरु, तीनै सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्च अधिकृतहरु सहभागी थिए । व्यवस्थापिका संसद्को आइतबार भएको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए ।

Womui
Womui