नाकाबन्दी चाडै हटाउने भारतको आश्वासन

43

काठमाडौं, असोज २५–
भारतले नेपालमा गर्दैै आएको अघोषित नाकाबन्दी हटाउने आश्वासन दिएको छ । नेपालका लागि भारतीय राजदूत राञ्जित रायले नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीलाई भेटेर यस्तो आश्वासन दिएका हुन् । राजदूत रायले नाकाबन्दी चाँडै हट्ने आश्वाशन समेत दिएको स्रोतले जनाएको छ ।oli
प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत राय सोमबार बिहानै बालकोट पुगेका थिए । उनले ओलीलाई प्रधानमन्त्री बनेकोमा बधाइ दिए् । चिनियाँ राजदूतले आइतबार नै ओलीलाई भेटेर बधाइ दिएकोमा भारतीय राजदूत त्यसको भोलिपल्ट मात्र ओलीलाई भेट्न पुगेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने आइतबार नै टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई बधाइ दिनुका साथै भारत भ्रमणको निम्तो दिइसकेका छन् ।
केपी ओलीसँग व्यक्तिगत रुपमा चिढिएका राजदूत रायले ओली प्रधानमन्त्री बनेपछि बधाइ दिन बाध्यमात्रै भएनन, नाकाबन्दी चाँडै खोल्ने आश्वासन पनि दिए । भारतीय प्रधानमन्त्री मोदी नै नेपालसँगको सम्बन्ध सहज बनाउने भनिसकेपछि राय विवश देखिएका छन् । भारतीय राजदूत रायले केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिन चलखेल गर्नुका साथै मधेसी, थारु लगायतका नेताहरुलाई दूताबासमा बोलाएर आन्दोलनका लागि उक्साउने प्रयास गर्दै आएको आरोप छ ।

Womui
Womui