नेपाली मजदुरको सुरक्षाबारे अञ्चल प्रहरीको चासो

98

नेपालगन्ज, असोज २४–
चार्डपर्वका समयमा कमाई गरी घर फर्किने नेपाली मजदुरको सुरक्षाबारे भेरी अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक धिरु बस्न्यातले चासो दिएका दिएका छन् । भारतको सिमला, गुजरात, चण्डिगढ, कारगिल, लदाख लगायत स्थानबाट फर्किदाँ भारतीय प्रहरी, भन्सार तथा अध्यागमनका कर्मचारीले २ सय देखि ३ सय भारतीय रुपैयाँ सम्म असुली गरि दुःख दिने गरेको भन्ने गुनासो बाहिर आएपछि अञ्चल प्रहरी प्रमुखले यस विषयमा चासो व्यक्त गरेका हुन् ।

भारतीय अधिकारीसँग छलफल गर्दै अञ्चल प्रहरी प्रमुख धिरु बस्न्यात ।
भारतीय अधिकारीसँग छलफल गर्दै अञ्चल प्रहरी प्रमुख धिरु बस्न्यात ।

अञ्चल प्रहरी प्रमुख बस्न्यातको विशेष उपस्थितीमा भएको छलफलमा भारतका तर्फबाट एएसआई एस.एन. स्वामि, एस.ओ छोटक यादब, जनपद प्रहरी रुपैडिया, एसएसबीका सई प्रदिप कुमार डे तथा नेपालका तर्फबाट भन्सार, यात्रु शाखा प्रमुख नायब सुब्बा किरण डाँगी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक भीम किरण बोगटी, भन्सार सुरक्षा, शसस्त्र प्रहरी निरिक्षक अमित मल्ल, लगायत सहभागि भए ।

Womui
Womui