क्रियटिभ डकुमेन्ट्री मेकर अवार्ड वितरण

202

नेपालगन्ज, असोज–२४
नेपालगन्ज फिल्म फेस्टिभलमा स्पोटर््स डकुमेन्ट्री फिल्म निर्माता एवं निर्देशकलाई क्रियटिभ डकुमेन्ट्री मेकर अवार्ड प्रदान गरिएको छ । क्रियटिभ ह्याण्ड्सले गरेको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक, भेरी अञ्चल प्रहरी प्रमुख बरीष्ठ प्रहरी उपरीक्षक धिरु बस्न्यात, बाँकेका प्रहरी प्रमुख वसन्त पन्तले डकुमेन्ट्री निर्देशकहरु गिरीश गिरी, भोजराज भाट, सुर्य थपलिया लगायतलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।

सम्मानित चार व्यक्तित्व ।
सम्मानित चार व्यक्तित्व ।

त्यसक्रममा जर्मनीमा अध्ययन तथा प्रशिक्षण गराइरहेका बाँके निवासी एथलेटिक्सका राष्ट्रिय खेलाडी तीर्थ ओलीले भुकम्पमा ज्यान गुमाएका खेल पत्रकार सुमन भोम्जन र पारा एथलिटलाई जनही ३० हजारका दरले पठाएको रकम पनि आयोजकलाई हस्तान्तरण गरियो । सेलिब्रिटी खबर डट कममार्फत आएको उक्त रकम एथलेटिक्सका बरीष्ठ प्रशिक्षक चन्द्रबहादुर गुरुङले फेस्टिभल डाइरेक्टर रमेश मल्ललाई हस्तान्तरण गरेका थिए । 2
सो अवसरमा भोजराज भाटको सुनकली, गिरीश गिरीको टिम नेपाल, सुर्य थपलियाको बियोन्ड द बाउन्ड्री तथा टीएस ठकुरी, जयनारायण शाह र रमेश मल्लको हरि बहादुर प्रदर्शन गरियो । त्यसैगरी दुई विदेशी खेलकुद फिल्म ब्याट गन्स र जर्नी अफ अगाटा देखाइएको थियो । हरेक बर्ष भिन्न थिम र अवधारणामा फिल्म फेस्टिभल आयोजना गर्दै जाने योजना रहेको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले बताए । उनले थपे, ‘क्रियटिभ ह्याण्ड्स सिर्जनशील युवा पत्रकारहरुको एक मञ्च हो ।’

Womui
Womui