रुपैडिहा नाका केही खुकुलो

134

नेपालगन्ज, असोज २४–
लामो समयदेखि अघोषित नाकाबन्दी गर्दै आएको भारतले आइतबार रुपैडिहाबाट ठुलो परिमाणका पेट्रोलियम ट्यांकर तथा बुलेट छाडेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार दिउँसो २६ ट्यांकर डिजल, ११ वटा ग्याँस बुलेट तथा ४ ट्यांकर हवाई इन्धन भित्रिएको हो । ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायव निरिक्षक विष्णु गिरीले आइतबार बेलुका सम्म कुल ४१ वटा पेट्रोलियम ट्यांकर तथा बुलेट भित्रिएको जानकारी दिए ।

भारतको रुपैडिहामा लामो समयदेखि रोकिएका ट्यांकर । फाईल तस्बिर
भारतको रुपैडिहामा लामो समयदेखि रोकिएका ट्यांकर । फाईल तस्बिर

भित्रिएका ट्यांकर तथा ग्याँस बुलेट लामो समयदेखि भारतको रुपैडिहामा रोकिदै आएका थिए । ठुलो परिमाणको पेट्रोलियम पदार्थ भित्रिएपछि अभाव केही कम हुने नेपाल आयल निगमका कर्मचारीले अपेक्षा गरेका छन् । इन्धन आयातका लागि ग्लोबल टेण्डर आहृवान गरेपछि भारतीय आयल कर्पोरशन (आइओसी) का अधिकारीहरुले नेपाल आयल निगमका पदाधिकारीहरुलाई फोन गरेका थिए ।आईओसीका अधिकारीले समान्य अवस्थाको भन्दा बढी लोड दिने भन्दै ट्यांकर भारत पठाउन भनेका छन् । तर, आयल निगमका अधिकारीहरु भने फेरि झुक्याउन खोजिएको हो कि भन्ने आशंका गर्छन् ।

आईओसीका अधिकारीले अघिल्लो हप्ता पनि तेल दिने भन्दै बोलाएर नेपाली ट्यांकरहरु डीपोमा पुगेपछि १० प्रतिशत मात्रैमा लोड दिएर झुक्याएको थियो । आायल निगमका प्रवक्ता दिपक बरालले शनिबार राति आईओसीका अधिकारीले फोनमार्फत ट्यांकर पठाउन आग्रह गरेको बताएका छन् ।

Womui
Womui