एमाले नै सहमतीको बाधक भएको कोईरालाको आरोप

93

काठमाडौं, असोज– २४
नेपाली कांग्रेसका सभापति एवं निर्वतमान प्रधानमन्त्री सुशील कोइरालाले एमालेसहितका दलहरुले नै सहमति तोडेको आरोप लगाएका छन् । संसदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै कोइरालाले १६ बुँदे गर्दा कुनै भद्र सहमति नभएको बताए । तीन दलको सहमतिअनुसार सरकारले ल्याएको संविधान संशोधन विधेयक पास गर्न सहयोग नगरेको र पुनःनिर्माण प्राधिकरणसम्वन्धी अध्यादेश असफल पारेको भन्दै कोइरालाले भने, ‘आधिकारिक सहमति पालना नगर्नेले सहमतिको कुरा गर्न निरर्थक छ,’ १६ बुँदेमा कहाँ यो कुरा आएको छ, त्यसरी गुमराह गर्नु भएन ।’
sushil

आफूले पदका लागि नभएर ‘डेमोक्रेटिक’ प्रक्रियाका लागि उमेद्वारी दिएको कोईरालाको भनाई छ । कोइरालाले मधेस आन्दोलनतर्फ संकेत गर्दै थोरै लचिलो भएको भए दलहरुबीच सहमति हुने अवस्थामा सहमति नभएको बताए । कोइरालाले आफू राष्ट्रियता र लोकतन्त्रका लागि जेल बसेर यो ठाउँसम्म आएको बताए ।

Womui
Womui