केपी ओली मुलुकको नयाँ प्रधानमन्त्री

174

काठमाडौंं, असोज २४–
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । एकिकृत माओबादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहिको समर्थनमा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । ओलीले ३३८, र उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेस सभापति सुशील कोईरालाले २४९ मत पाए ।
व्यवस्थापिका संसदका अनुसार ओलीले एमालेका १८३, एमाओवादीका ८३, राप्रपा नेपालका २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२, मालेको ५ र नेमकिपाको ४ मत पाएका छन् । राष्ट्रिय जनमोचा, नेकपा संयुक्त सहितका दलले पनि ओलीलाई समर्थन गरेका थिए । कांग्रेसको पक्षमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र केही साना दलले मात्र मत दिएका छन् । प्रधानमन्त्री चयनको मतदानमा ५८७ सभासद सहभागी भएका थिए ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओली ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओली ।

यसैबीच नवनिर्वाचित प्रधानमन्त्री ओलीले सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबैलाई साथमा लिएर अघि बढ्ने बताए । शान्ति सुव्यवस्था कायम गर्ने र रचनात्मक कामलाई प्राथमिकता दिने उनले प्रतिवद्धता जनाए ।

Womui
Womui