शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरियो

160

काठमाडौं, असोज २२–
नेपालको शैक्षिक विकासमा पत्रकारिताका माध्यमबाट योगदान पु¥याउने पत्रकार तथा सञ्चार माध्यमलाई शुक्रबार राजधानीमा पुरस्कृत गरिएको छ । पत्रकार महासंघ र नेपाल सरकार शिक्षा विभागले संयुक्त रुपमा गरेको कार्यक्रममा सभामुख सुवासचन्द्र नेम्वाङले पुरस्कार स्वरुप नगद तथा प्रमाणपत्र हस्तान्तरण गरे । राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७१’ बाट तीन जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरियो । कान्तिपुर दैनिकका जनक नेपाल(बाँके), कान्तिपुर टेलिभिजनका नारायण किलम्बू(भक्तपुर) र शिक्षक मासिकका बाबुराम विश्वकर्मा(काठमाडौं) लाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

रु. ७५ हजार राशीको उक्त पुरस्कार ३ जनालाई संयुक्त रुपमा दिइएको हो । यस्तै पाँच विकास क्षेत्र र उपत्यकाबाट गरी ६ जना पत्रकारलाई दिइनुपर्ने २५ हजार राशीको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार पनि संयुक्त रुपमै प्रदान गरिएको छ । जस अनुसार पूर्वाञ्चलबाट जयकृष्ण यादव (गोरखापत्र दैनिक(सुनसरी) र छेटु शेर्पा (अन्नपूर्ण पोष्ट दैनिक संखुवासभा), मध्यमाञ्चलबाट फणि महत अन्नपूर्ण पोष्ट रौतहट) र रामेश्वर कार्की नागरिक दैनिक धादिङ), उपत्यकाबाट कोकिला खड्का केसी दि हिमालयन टाइम्स काठमाडौं) र रोशन क्षेत्री गाउँले एजुकेशन पेजेज काठमाडौं), पश्चिमाञ्चलबाट गगनशीला खड्का –नयाँपत्रिका गुल्मी) र शोभाखर पन्थी (दैनिकपत्र अर्घाखाँची), मध्यपश्चिमाञ्चलबाट धनबीर दाहाल (नेपाल समाचारपत्र रुकुम) र राजेन्द्र नाथ (कान्तिपुर दैनिक बाँके) गरी ५ क्षेत्रलाई संयुक्त रूपमा तथा सुदूरपश्चिमाञ्चलबाट निमेन्द्र शाही राजधानी दैनिक बाजुरलाई एकल रुपमा प्रदान गरियो ।

ppp
उपत्यकासहित ६ क्षेत्रका २÷२ जना पत्रकारलाई रु. १५ हजार राशीको ‘शिक्षा लेखनवृत्ति–२०७१’ पूर्वाञ्चलबाट भोलाकुमार पासवान नागरिक दैनिक सप्तरी) र वैद्यनाथ यादव सप्तरी जागरण साप्ताहिक सप्तरी), मध्यमाञ्चलबाट राजकुमार गोले (नयाँ पत्रिका दैनिक काभ्रे), नरेन्द्र सापकोटा (गोरखापत्र दैनिक(मकवानपुर) र मन्दिरा थापा (नेपाल टेलिभिजन( दोलखा) लाई, भने उपत्यकाबाट संयुक्त रुपमा वीरेन्द्र ओली (कारोबार दैनिक, काठमाडौं), पार्वता चौधरी (कान्तिपुर एफएम, ललितपुर) र सइन्द्र राई (हिमालखवर पत्रिका, काठमाडौं) लाई प्रदान गरिएको छ ।
त्यस्तै सयुंक्त रूपमै पश्चिमाञ्चलबाट नवीनराज कुइकेल (गोरखापत्र लम्जुङ), कृष्ण खनाल (बुटवल टुडे दैनिक रुपन्देही) र गोपीराम ज्ञवाली गोरखापत्र नवलपरासी), मध्यपश्चिमबाट अर्जुन ओली नागरिक दैनिक बाँके) र हेमन्त केसी रासस जाजरकोट) लाई प्रदान गरिएको छ, भने सुदूरपश्चिमबाट मोहन विष्ट (रासस(कञ्चनपुर) र रामबहादुर कुँवर नागरिक दैनिक अछाम) प्रदान गरिएको छ । त्यसैगरी उपत्यका सहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने ’संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७१’ तर्फ पुर्वाञ्चलबाट गणतन्त्र एफएम ९५.१ मेघाहर्ज (सुनसरी) मध्यमाञ्चल रेडियो सिन्धुलीगढी ९२ मेघाहर्ज (सिन्धुली), उपत्यका मेरो एफएम ९३.५ (काठमाडौं), पश्चिमाञ्चल( रेडियो शालिग्राम १००.६ मेघाहर्ज (पर्वत), मध्यपश्चिमाञ्चल( थारुभाषी एफएम गुर्वावा (बर्दिया) र सुदूरपश्चिमबाट संयुक्त रुपमा टीकापुर एफएम १०१ मेघाहर्ज (कैलाली) र नयाँ नेपाल १०४.५ मेघाहर्ज (दार्चुला) लाई प्रदान गरिएको छ । रु. २० हजार राशीको यो पुरस्कारको लागि महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसबमोजिम नतिजा सार्वजनिक गरिएको थियो ।

puraskrit
राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टा छुट्टै रूपमा प्रदान गरिने रु. ४० हजार राशीको ’संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७१’ पत्रपत्रिकातर्फ नेपाल समाचारपत्र दैनिक काठमाडौं) र टेलिभिजनतर्फ लुम्बिनी टेलिभिजन (रुपन्देही) लाई प्रदान गरियो । महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सभामुख नेम्वाङले मुलुकको संविधान विश्वकै उत्कृष्ठ भएको दाबी गरे । कसैले पनि नेपालको संविधानका विषयमा टिका टिप्पणी गर्न नसक्ने उनको भनाई छ । महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले पुरस्कृत पत्रकार र सञ्चार माध्यमलाई बधाई तथा शुभकामना दिए ।

Womui
Womui