शिक्षा पत्रकारिता पुरस्कार आज वितरण गरिँदै

46

काठमाडौं, असोज २२–
नेपाल पत्रकार महासंघ र शिक्षा विभागले घोषणा गरेको शिक्षा पत्रकारिता पुरस्कार आज वितरण गरिदैछ । राजधानीस्थित नेपाल पत्रकार महासंघको सभाहल सञ्चारग्राममा एक समारोहका बीच पुरस्कार वितरण गर्न लागिएको हो । बिहान साढे १० बजे हुने पुरस्कार वितरण समारोहमा उपस्थितीका लागि महासंघले विभिन्न अतिथीलाई निमन्त्रणा गरेको महासचिव उजिर मगरले जानकारी दिए । महासंघ र शिक्षा विभागले हरेक वर्ष शिक्षाका क्षेत्रमा कलम चलाए वापत विभिन्न विधाको पत्रकारिता पुरस्कार घोषणा गर्दै आएका छन् ।

Womui
Womui