बिदाको समयमा खपत हुने इन्धन सार्वजनिक यातायातलाई दिन गृहमन्त्रालयको प्रस्ताव

57

काठमाडौं, असोज २१

सरकारी कार्यालयलाई चाहिने इन्धन सार्वजनिक यातायातलाई दिने उद्देश्यले गृहमन्त्रालयले हिन्दूहरुको महान पर्व विजया दशमीमा घटस्थापनादेखि पूर्णिमासम्म सरकारी बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्‍मा पठाएको छ । मधेसमा चलिरहेको आन्दोलनका कारण त्यहाँ कर्मचारीले काम गर्न नसकेको र बाँकी ठाउँमा इन्धन अभाव हुँदा काम प्रभावित भएको भन्दै १४ दिने सरकारी बिदा दिने प्रस्ताव अघि सारिएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए। गृहले सरकारी कार्यालयलाई बिदा दिई उक्त समयावधिमा सरकारीस्तरमा खपत हुने इन्धन सार्वजनिक यातायातलाई दिन मन्त्रिपरिषद्‍मा प्रस्ताव गरेको हो ।

Womui
Womui