भद्र सहमति अफवाहः प्रधानमन्त्री कोइराला

56

काठमाडौं, असोज २१

प्रमुख दलहरुबीच भएको भनिएको भद्र सहमति अफवाह मात्र भएको बताइएको छ । एमाले र एमाओवादी नेतृत्वले १६ बुँदे सहमति गर्ने क्रममा संविधान बनेपश्चात् नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भन्ने भद्र सहमति अफवाह मात्र भएको कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले बताएका हुन् ।  बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कोइराला यस्तो बताएका छन् । कोइरालाले प्रमुख दलहरुबीच कुनै भद्र सहमति नभएको भन्दै ‘भद्र सहमति’को दाबीलाई अफवाहको संज्ञा दिएका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले सर्वदलीय बैठक र सार्वजनिक कार्यक्रमा नै भद्र सहमति भएको र कोइरालाले पटक पटक ओलीलाई ढुक्क हुनुहोस् भनेको भन्दै आएका छन् ।

 

Womui
Womui