वायुसेवा निगमले आफ्नो इन्धन आफै ल्यायो

109

काठमाडौं, असोज २२–
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले इन्धन अभावबाट जोगिन ’जहाज चार्टर’ गरेर बिहीबार ६६ टन हवाई इन्धन ल्याएको छ । निगमले आफ्नै जहाजबाट बिहीबार दिउँसो र साँझ गरी उक्त परिमाणबराबरको हवाई इन्धन ’एयर टर्बाइन फ्युल’ (एटिएफ) ल्याएको हो । यही जहाजमार्फत निगमले बिहीबार कोलकातादेखि दुई खेप गरी ६६ टन हवाइ इन्धन ल्याएको हो । एक उडानबाट ३३ टन इन्धन आपूर्ति गरेको हो । air
निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माका अनुसार निगमले ल्याएको इन्धन अन्य कुनै पनि कम्पनीलाई प्रयोग गर्न दिइने छैन । ‘हवाई इन्धनको अभाव सिर्जना हुन थालेपछि हामीले आफ्नो जोहो आफै गरेका हौं, उनले भने ‘अरुलाई दिने हाम्रो उद्धेश्य होईन ।’ अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त ‘बि७५७–२००’ सिरिजको जहाजबाट दुई पटक चार्टर उडान गरी इन्धन ल्याएको हो । इन्धन ल्याउन छुट्टै ट्यांकीको प्रयोग नगरी जहाजकै ट्यांकीमा पूरै भरेर ल्याइएको हो । इन्धन ल्याएपछि आयल निगमको प्राविधिक सहयोगमा झिकिएको थियो ।

Womui
Womui