जमुनाहा नाका ठप्प

40

नेपालगन्ज, असोज २१

मधेसी मोर्चाको धर्नाका कारण नेपालगन्जको जमुनाहा नाका बिहीबार ठप्प भएको छ। मोर्चाका प्रवक्ता एवम् तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रको नेतृत्वमा बिहान ८ बजेदेखि सुरु गरिएको धर्नाका कारण सीमा वारपार गर्ने सवारी साधन चल्न नपाएको इलाका प्रहरी कार्यालय जमुनाहाले जानकारी दियो । प्रहरीका अनुसार मोर्चाका कार्यकताले धर्ना दिएकाले सवारी साधन सहज रुपमा पाएका छैनन् भने आन्दोलनकारीहरु दसगजा नजिकै (प्रवेशद्वार) नेपाली भूमिमा बसिरहेका छन् ।

Womui
Womui