तीन महिने गर्भवतीको मृत्युपछि अल्कामा तनाव

125

काठमाडौं, असोज २१

bina yadavvजावलाखेलस्थित अल्का अस्पतालमा तीन महिने गर्भवती महिलाको बिहीबार आज मृत्यु भएपछि तनाव सिर्जना भएको छ । सप्तरीस्थित औरही घर भई लिलतपुरको महालक्ष्मीस्थानमा बस्दै आएकी २८ वर्षीया बिना यादवको उपचारका क्रममा मृत्यु  भएको हो । यादवलाई अत्यधिक रक्तश्राव र वान्ता भएपछि तीन हप्ता अघि उपचारका लागि अल्का अस्पताल पुर्‍याइएको थियो । परिवारका सदस्यले  यादवको मृत्यु अस्पतालको लापरबाहीले भएको आरोप लगाउँदा अस्पतालमा तनाव सिर्जना भइरहेको हो ।

पेटमै बच्चाको मृत्यु भएपछि त्यसको इन्फेक्सनका कारण आमाको मृत्यु भएको डा. नुतन शर्माले बताएका छन् भने अस्पतालमा भर्ना हुँदा स्वस्थ रहेको भनिएको बच्चाको मृत्यु भइ इन्फेक्सन हुँदासमेत चिकित्सकले थाहा नपाउनु गम्भीर त्रुटि भएको बीनाका श्रीमान किशोर यादवले बताए ।

Womui
Womui