तेल खरिदका लागि ग्लोबल टेण्डर आह्वान

54

काठमाडौं, असोज २१
Tendorनेपाल आयल निगमले इन्धन अभावको समस्या समाधान गर्न स्वदेशी तथा विदेशी सप्लायर्सहरुसँग प्रस्ताव आह्वान गरेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले माग बमोजिमको इन्धन उपलब्ध नगराएपछि निगमले जुनसुकै मुलुकबाट इन्धन ल्याउने गरी प्रस्ताव माग गरेको हो । निगमले विहीबार पत्रिकामार्फत् सूचना प्रकाशित गरी तोकेबमोजिमको गुणस्तरको इन्धन हवाई वा स्थलमार्गबाट तत्काल काठमाडौंमा उपलब्ध गराउँदा पर्ने दररेट पेस गर्न स्वेदशी तथा विदेशी सप्लायर्सलाई भनेको हो । निगमले सूचना प्रकाशित भएको तीन दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको छ । निगमले १५ दिनका लागि प्रतिदिन डिजेल २०० किलोलिटर, पेट्रोल १०० किलोलिटर, हवाई इन्धन र मट्टितेल २०० किलोलिटर र एलपी ग्यास १०० मेट्रिकटनका लागि प्रस्ताव आह्वान गरेको हो । निगमले ‘हालको असहज परिस्थितिमा कुनैपनि मुलुकबाट खरिद गरी जुनसुकै मार्गबाट पैठारी गरी इन्धनको आपूर्ति व्यवस्थालाई सहज बनाउन’ प्रस्ताव आह्वान गरिएको जनाएको छ ।

 

Womui
Womui